spot_img
spot_img

निःशुल्क चियापान तथा ब्ल्याङ्केट वितरण कार्यक्रम सम्पन्न

नेपालगञ्ज,१० बाँके । मोहम्मद डे एवं रक्षाबन्धनको अवसर पारेर भेरी अस्पतालका बाँकेमा निःशुल्क चियापान तथा ब्ल्याङ्केट वितरण कार्यक्रम सम्पन्न गरिएको छ। सामाजिक सद्भाव, भाइचारा तथा मानव सेवाको भावनालाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा भेरी अस्पतालका बिरामी, बिरामीका कुरुवा तथा सर्वसाधारणलाई निःशुल्क चियापान गराइएको थियो।
कार्यक्रममा विशेषगरी अस्पतालमा रहेका विपन्न तथा आवश्यकतामा रहेका बालबालिकाहरूलाई ब्ल्याङ्केट वितरण गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा स्थानीयवासी, समाजसेवी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेख्य सहभागिता रहेको थियो।

आयोजक नेपालगञ्ज–९, निवासी सकिल अहमद ढपाली र डिल बहादुर थापाले यस्ता सामाजिक कार्यहरूले समुदायमा आपसी सद्भाव, सहयोग र मानवताको भावना बलियो बनाउने विश्वास व्यक्त गर्दै आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताएका छन्।
कार्यक्रममा बिहान ५ बजेदेखि ७ बजेसम्म सञ्चालन गरिएको थियो। कार्यक्रममा अस्पताल परिसर तथा आसपासका क्षेत्रमा रहेका सेवाग्राहीहरूलाई चियापान गराई मोहम्मद डे तथा रक्षाबन्धन पर्वको शुभकामना आदानप्रदान गरिएको थियो।

त्यसैगरी, विपन्न तथा आवश्यकतामा रहेका बालबालिकाहरूलाई ब्ल्याङ्केट वितरण कार्यक्रम दिउँसो आयोजना गरिएको थियो। उक्त ब्ल्याङ्केट वितरण कार्यक्रमका प्रमुख अतिथि माननीय माे•इस्तियाक राईले बालबालिकाहरूलाई ब्ल्याङ्केट हस्तान्तरण गर्दै सामाजिक सेवामा लागेका आयोजकहरूको प्रशंसा गरेका थिए।


मानव सेवा नै सबैभन्दा ठूलो धर्म भएको सन्देशसहित सम्पन्न उक्त कार्यक्रमले सामाजिक एकता र सहकार्यलाई थप मजबुत बनाएको विश्वास गरिएको छ।

Nayapradesh
Nayapradeshhttps://nayapradesh.com
सलाम मिडिया प्रा•लिद्वारा संचालित सम्पर्क नंः 980172862 प्रकाशक/अध्यक्ष : सलामत अलि शेष

सम्बन्धित लेख हरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

नयाँ लेखहरु