spot_img
spot_img

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनामा सरकारको तीव्र सक्रियता

काठमाडौं, भदौ १० । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा र नुवाकोट जिल्लाका विभिन्न क्षेत्रमा भएको जनधनको क्षतिप्रति नेपाल सरकार तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गहिरो दुःख व्यक्त गरेको छ। बाढीका कारण हालसम्म १५ जनाको शव फेला परेको छ भने धेरै व्यक्ति अझै सम्पर्कविहीन रहेको जनाइएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यलाई तीव्रता दिइएको छ। घटनालगत्तै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आकस्मिक बैठक बसेको थियो भने प्रधानमन्त्रीको निर्देशनमा सुरक्षा निकाय, स्थानीय प्रशासन तथा सम्बन्धित निकायहरूलाई उच्च सतर्कताका साथ परिचालन गरिएको थियो।
उद्धार कार्यलाई प्रभावकारी बनाउन रसुवा र नुवाकोट क्षेत्रमा नेपाली सेना तथा निजी क्षेत्रका हेलिकप्टर परिचालन गरिएको छ। घाइतेहरूको उपचारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय ट्रमा सेन्टर, वीर अस्पताल तथा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका चिकित्सकसहितको स्वास्थ्य टोली प्रभावित क्षेत्रमा पठाइएको छ। हालसम्म दर्जनौं घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
सरकारले प्रभावित क्षेत्रमा औषधि, स्वास्थ्य सामग्री तथा आवश्यक राहत सामग्रीको आपूर्ति सुनिश्चित गर्न नेपाल रेडक्रस सोसाइटी, नेपाल स्काउट, लायन्स क्लबलगायत विभिन्न संस्थासँग समन्वय गरिरहेको जनाएको छ। साथै रक्त सञ्चार केन्द्र तथा सम्बन्धित स्वास्थ्य निकायसँग आवश्यक रगत तथा औषधिको व्यवस्था मिलाइएको छ।
बाढी प्रभावित परिवारका लागि नेपाली सेनाका ब्यारेक तथा अन्य सुरक्षित स्थानमा अस्थायी बसोबासको व्यवस्था गरिएको छ। प्रभावित नागरिकलाई खाद्यान्न, स्वच्छ खानेपानी तथा औषधि उपलब्ध गराइँदै आएको छ भने थप अस्थायी आवास व्यवस्थापनको तयारी भइरहेको छ।
सरकारले आगामी प्राथमिकताका रूपमा घाइतेहरूको तत्काल उद्धार र उपचार, सम्पर्कविहीन नागरिकहरूको खोजी, प्रभावितहरूको सुरक्षा तथा राहत, क्षतिको विस्तृत विवरण संकलन, क्षतिग्रस्त सडक, पुल, विद्युत् तथा खानेपानी संरचनाको पुनर्निर्माण तथा विस्थापित परिवारहरूको सुरक्षित पुनःस्थापनालाई अघि बढाएको जनाएको छ।
जोखिममा परेका वा तत्काल सहायता आवश्यक भएका नागरिकलाई सम्बन्धित जिल्लाका टोल–फ्री नम्बर ११४३, १०० वा ११११ मा सम्पर्क गर्न आग्रह गरिएको छ। सरकारले प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत तथा पुनःस्थापनाका सम्पूर्ण कार्यलाई उच्च प्राथमिकताका साथ अगाडि बढाइरहेको जनाएको छ।

Nayapradesh
Nayapradeshhttps://nayapradesh.com
सलाम मिडिया प्रा•लिद्वारा संचालित सम्पर्क नंः 980172862 प्रकाशक/अध्यक्ष : सलामत अलि शेष

सम्बन्धित लेख हरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

नयाँ लेखहरु