spot_img
spot_img

जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न संरक्षणमुखी कृषि अपनाउन जानकी गाउँपालिकाको आग्रह

बाँके ११ भदौ । जलवायु परिवर्तनका असर न्यूनीकरण गर्दै माटो, पानी, वन तथा खोलानालाको संरक्षण गर्ने उद्देश्यले बाँकेको जानकी गाउँपालिकामा एकदिने क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ। सामाजिक विकास मञ्च (एसडिएफ) बाँकेको आयोजनामा, जानकी गाउँपालिकाको समन्वय तथा वर्ल्ड भिजन इन्टरनेशनल नेपालको सहयोगमा कार्यक्रम सञ्चालन गरिएको हो।
कार्यक्रममा जानकी गाउँपालिकाका कृषि शाखा अधिकृत अशिम पौडेलले माटोको परिचय, कृषि उत्पादनमा यसको महत्व, आधुनिक तथा थोपा सिँचाइ प्रविधि र माटो संरक्षणका उपायबारे प्रशिक्षण दिनुभयो। उहाँले माटोको गुणस्तर संरक्षण गर्न सके कृषि उत्पादन वृद्धि हुनुका साथै दिगो कृषि प्रणालीको विकास गर्न सकिने बताउनुभयो। माटोको संरक्षणका लागि रासायनिक मलको उचित प्रयोग, जैविक पदार्थको उपयोग तथा पानीको व्यवस्थित व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ थियो।
त्यसैगरी, जानकी गाउँपालिकाका विपद् शाखा प्रमुख राजेन्द्र बाजपेईले विपद्का समयमा आवश्यक समन्वय र सहकार्यका विषयमा जानकारी गराउनुभयो। उहाँले मौसम परिवर्तन, वातावरणीय प्रदूषण, पानीका मुहान सुक्दै जानु तथा जलवायु परिवर्तनका कारण उत्पन्न चुनौतीबारे सहभागीलाई अवगत गराउनुभयो। साथै मौसम र जलवायुबीचको फरक तथा जलवायु परिवर्तनले स्थानीय समुदाय र कृषि क्षेत्रमा पार्ने प्रभावबारे समेत प्रशिक्षण दिनुभएको थियो।
हातेमालो परियोजनाका कार्यक्रम संयोजक भीमबहादुर सार्कीले परियोजनाका उद्देश्य तथा गतिविधिबारे जानकारी गराउँदै स्थानीय समुदायको सक्रिय सहभागितामार्फत प्राकृतिक स्रोतको संरक्षण र वातावरणमैत्री गतिविधि प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभयो।
सामाजिक विकास मञ्च बाँकेका बाल संरक्षण अधिकृत जनक चौधरीले सञ्चालन गर्नुभएको कार्यक्रममा जनप्रतिनिधि, कृषक, बालबालिका, पत्रकारलगायत विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो। सहभागीहरूले माटो, पानी, वन तथा जलस्रोत संरक्षणलाई स्थानीय तहको योजना र समुदायको व्यवहारसँग जोडेर अघि बढाउनुपर्ने धारणा व्यक्त गरेका थिए।
एसडिएफ बाँकेले जानकी गाउँपालिकामा बालबालिका, जलवायु परिवर्तन तथा शिक्षा सम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

Nayapradesh
Nayapradeshhttps://nayapradesh.com
सलाम मिडिया प्रा•लिद्वारा संचालित सम्पर्क नंः 980172862 प्रकाशक/अध्यक्ष : सलामत अलि शेष

सम्बन्धित लेख हरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

नयाँ लेखहरु