नेपालगञ्ज, भदौ १३ । गुरुकुल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औँ वार्षिक साधारणसभा आइतबार बिहान १०:०० बजे नेपालगञ्ज उपमहानगरपालिका–२ स्थित बागेश्वरी मन्दिर परिसरमा आयोजना हुँदैछ।
संस्थाले साधारणसभामा सहभागी हुन सम्पूर्ण शेयर सदस्य, बचतकर्ता, ऋणी सदस्य, शुभेच्छुक तथा सरोकारवालाहरूलाई हार्दिक स्वागत गरेको जनाएको छ। “उद्यमशीलता र पारदर्शिता, सहकारीको प्राथमिकता” भन्ने मूल नारासहित आयोजना हुन लागेको साधारणसभामा संस्थाको वार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन, आगामी कार्ययोजना तथा विभिन्न प्रस्तावहरूमाथि छलफल गरिने कार्यक्रम रहेको छ।
साधारणसभामा संस्थाका पदाधिकारी, सदस्य तथा विभिन्न सहकारी अभियन्ताहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। संस्थाले कार्यक्रमलाई व्यवस्थित, सफल र उपलब्धिमूलक बनाउन सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।
नेपालगञ्ज क्षेत्रमा सहकारी आन्दोलनलाई सुदृढ बनाउँदै आएको गुरुकुल बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरूको आर्थिक सशक्तीकरण, बचत प्रवर्द्धन तथा उद्यमशीलता विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।
“सुरक्षित दिगो साकोस, सन्तुष्ट सदस्य” भन्ने लक्ष्यका साथ सञ्चालन हुँदै आएको संस्थाको १६औँ वार्षिक साधारणसभाले आगामी वर्षका नीति तथा कार्यक्रम तय गर्ने विश्वास गरिएको छ।





