spot_img
spot_img

गुरदायलपुरको विद्यालय सडक हिलाम्मे, विद्यार्थीलाई सास्ती

बाँके भदौं १६ । बैजनाथ गाउँपालिका–८, गुरदायलपुर गाउँमा विद्यालय जाने सडक वर्षाका कारण हिलाम्मे भएपछि विद्यार्थी तथा स्थानीय नागरिकलाई आवतजावतमा समस्या भएको छ । सडक हिलाम्मेका कारण बिद्यालयसम्म आवतजावत् गर्न निकै कठिनाइ भइरहेको कक्षा ५ मा अध्ययनरत् बिद्यार्थी रिहाना थारुले बताइन् ।
गाउँबाट करिब एक किलोमिटर दूरीमा रहेको लक्ष्मी प्राथमिक विद्यालय करिब एक सय बढी बिद्यार्थी अध्ययनरत् रहेका छन् । वर्षाका कारण सडक हिलाम्मे र जीर्ण बनेकोपछि बिद्यार्थी र स्थानीयलाई निकै सास्ती भएको स्थानीय युवा अगुवा पवन कुमार थारुले बताए । उहाँका अनुसार, वर्षायाममा उक्त बाटोको अवस्था झनै खराब हुने गरेको छ । सडक व्यवस्थित नहुँदा गाउँका विद्यार्थी मात्रै नभई दैनिक आवतजावत गर्ने स्थानीय नागरिकसमेत लामो समयदेखि समस्यामा छन्। “विद्यालय जाने मुख्य बाटो नै मर्मम नभएपछि बालबालिकालाई नियमित विद्यालय जान निकै समस्या भइरहेको छ,” उनले भने ।
स्थानीयवासीका अनुसार बाटोको समस्या समाधानका लागि वडा तथा गाउँपालिकाका जनप्रतिनिधिलाई पटक–पटक जानकारी गराउँदै आए पनि हालसम्म अपेक्षित पहल हुन नसकेको गुनासो गरेका छन्। जनप्रतिनिधिहरूलाई समस्याबारे जानकारी हुँदाहुँदै पनि विद्यालय जाने सडक मर्मत तथा स्तरोन्नतिमा चासो नदिएको गाउँका बरघर राज कुमार थारुको आरोप छ।
सडक मर्मतका बिषयमा बैजानाथ गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष भग्गन थारुसंग यस बिषयमा बुभ्‌mदा वडा भित्रको सडक मर्मतका लागि ३ लाख बजेट बिनियोजन भएको बताउनुभयो । गएको साउन महिनामै सडक मर्मत गर्ने भने पनि चालु आर्थिक बर्षको निर्माण समाग्रीको जिल्ला दर रेट नआएकाले ढिलाई भएको बताउनुभयो । अहिले पालिकामा बुभ्‌mदा जिल्ला दर रेट आईसकेकाले प्रमुख प्रशासकिय अधिकृतसंग समन्वय गरेर एक हप्ता भित्रमा सडक मर्मत कार्य अगाडी बढाउने वडा अध्यक्ष थारुले जानकारी दिए ।
बालबालिकाको शिक्षा पाउने अधिकार सुनिश्चित गर्नु स्थानीय सरकारको महत्वपूर्ण जिम्मेवारी भएकाले विद्यालय जाने बाटोको अवस्थाप्रति तत्काल ध्यान दिनुपर्ने बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष राधे श्याम थारुको भनाई छ । सम्बन्धित वडा तथा गाउँपालिका कार्यालयले स्थलगत अनुगमन गरी बालबालिकालाई सुरक्षित र सहज रूपमा विद्यालय पुग्ने वातावरण बनाउन आवश्यक कदम चाल्न उनले आग्रह गरेका छन्।
बैजानाथ गाउँपालिका र वडासंग सडक मर्मतका सडक मर्मतका लागि गुरदायपुरका स्थानीयवासी निम्ननुसारको माग रहेको छः
बालबालिका विद्यालय जान भइरहेको वास्तविक समस्या तत्काल पहिचान गरी समाधान गरिनुपर्ने। विद्यालय जाने बाटोमा आवश्यकताअनुसार ग्राभेल, माटो पुर्ने तथा सडक स्तरोन्नतिको काम अघि बढाइनुपर्ने । सडकमा जम्ने पानीको समस्या समाधान गर्न उचित पानी निकासको व्यवस्था गरिनुपर्ने । बालबालिकाको नियमित पठनपाठनमा बाधा नपर्ने गरी तत्काल वैकल्पिक तथा दीर्घकालीन समाधान खोजिनुपर्ने।
स्थानीयवासीले बालबालिकाको भविष्यसँग प्रत्यक्ष जोडिएको यस्तो संवेदनशील विषयलाई सामान्य रूपमा नलिई तत्काल स्थलगत अनुगमन गरी विद्यालय जाने बाटो सुधारको काम अघि बढाउन बैजनाथ गाउँपालिका र वडा कार्यालयसँग आग्रह गरेका छन्।

Nayapradesh
Nayapradeshhttps://nayapradesh.com
सलाम मिडिया प्रा•लिद्वारा संचालित सम्पर्क नंः 980172862 प्रकाशक/अध्यक्ष : सलामत अलि शेष

सम्बन्धित लेख हरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

नयाँ लेखहरु