spot_img
spot_img

रसुवा बाढीपीडितका लागि मोहम्मदपुरका मस्जिद, मुस्लिम समाज र इसाई समाजद्वारा रु. ६ लाख २३ हजारभन्दा बढी सहयोग

बर्दिया १६ भदौ । रसुवा जिल्लामा २०८३ साल भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले बर्दियाको गुलरिया नगरपालिका–११ र १२ स्थित मोहम्मदपुरका मस्जिदहरू, मुस्लिम समाज तथा इसाई समाजले उल्लेखनीय आर्थिक सहयोग गरेका छन्।
मंगलबार आयोजित एक कार्यक्रममा मोहम्मदपुरका विभिन्न मस्जिदहरू तथा मुस्लिम समाज गुलरिया–११ र १२ का तर्फबाट संकलित रु. २ लाख २ हजार ७ सय ८६ तथा इसाई समाज बर्दिया का तर्फबाट संकलित रु. ४ लाख २० हजार ५ सय ८० गरी जम्मा रु. ६ लाख २३ हजार ३ सय ६६ रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष मा हस्तान्तरण गरिएको हो।
संकलित रकम सम्बन्धित प्रतिनिधिहरूले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बुझाएका हुन्। बाढीपीडितहरूको दुःखमा साथ दिन तथा राहत र उद्धार कार्यमा सहयोग पुर्‍याउने मानवीय भावनासहित उक्त रकम संकलन गरिएको आयोजक पक्षले जनाएको छ।
सहयोग हस्तान्तरण कार्यक्रममा विभिन्न धार्मिक तथा सामाजिक संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले विपद्को समयमा समुदायबीचको एकता, सहकार्य र मानवीय सहयोगको भावना अझ सुदृढ भएको बताएका थिए।
बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःनिर्माण कार्यमा सहयोग पुग्ने विश्वासका साथ संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको जनाइएको छ।

Nayapradesh
Nayapradeshhttps://nayapradesh.com
सलाम मिडिया प्रा•लिद्वारा संचालित सम्पर्क नंः 980172862 प्रकाशक/अध्यक्ष : सलामत अलि शेष

सम्बन्धित लेख हरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

नयाँ लेखहरु