विपद् प्रभावित पालिकामा नसर्ने रोगबारे अभिमुखीकरण

नेपालगञ्ज, असोज २२ गते। विपद् प्रभावित क्षेत्रका महिला स्वास्थ्य स्वयंसेविका तथा सरोकारवालाहरूलाई विपद् अवस्थाका बेला नसर्ने रोगको जोखिम, व्यवस्थापन र रोकथामका विषयमा अभिमुखीकरण गरिएको छ।
नेपाल रेडक्रस सोसाइटीको आयोजनामा बाँकेको नरैनापुर, राप्तीसोनारी र डुडुवा गाउँपालिकामा एक/एक दिन सञ्चालन गरिएको अभिमुखीकरण कार्यक्रममा वडा अध्यक्ष, स्वास्थ्य चौकी प्रमुख, शिक्षक, सामुदायिक विपद् व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्य, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा तथा सम्बन्धित पालिका शाखा र उपशाखाका पदाधिकारी एवं स्वयंसेवकहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा नसर्ने रोगको जोखिम, संवेदनशीलता तथा आवश्यकता पहिचान, पी.ई.एन.डी. टेस्ट किटको आवश्यकता र महत्व, स्थानीय शासन प्रणालीमा समेटिनुपर्ने विषय तथा नसर्ने रोगसम्बन्धी सेवा प्याकेजबारे जानकारी गराइएको थियो। साथै महिला स्वास्थ्य स्वयंसेविका र अन्य सरोकारवालाहरूको भूमिकाबारे पनि छलफल गरिएको थियो।
अभिमुखीकरणमा मुख्य रूपमा मुटु तथा रक्तनलीसम्बन्धी रोग, क्यान्सर, मधुमेह, श्वासप्रश्वाससम्बन्धी दीर्घरोग तथा मानसिक स्वास्थ्य समस्या गरी पाँच प्रमुख नसर्ने रोगबारे जानकारी प्रदान गरिएको थियो। स्वास्थ्यकर्मीहरूले सरुवा रोगको तुलनामा नसर्ने रोग दिनप्रतिदिन बढ्दै गइरहेको उल्लेख गर्दै स्वस्थ आहार, नियमित व्यायाम तथा जीवनशैलीमा सुधारमार्फत यस्ता रोगबाट बच्न सकिने बताएका थिए।
कार्यक्रमको सहजीकरण कञ्चनपुरको लालझाडी गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक नन्दलाल राना, जनस्वास्थ्य अधिकृत विकास डंगौरा तथा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका कार्यक्रम अधिकृत प्रहलाद विश्वकर्माले गरेका थिए।
कार्यक्रममा नरैनापुर गाउँपालिका–६ का वडाध्यक्ष प्रेमचन्द्र मौर्य, राप्तीसोनारी गाउँपालिका–७ का वडाध्यक्ष रामलखन थारु, राप्तीसोनारी–६ का कार्यवाहक अध्यक्ष नरबहादुर पुन, स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसी, नेपाल रेडक्रस सोसाइटी नरैनापुर पालिका शाखाका संयोजक विक्रमप्रसाद वर्मा तथा डुडुवा पालिका शाखाका संयोजक सोहनलाल यादवलगायतले नसर्ने रोग नियन्त्रण तथा विपद् व्यवस्थापनमा समुदायको भूमिका महत्वपूर्ण रहने धारणा व्यक्त गरेका थिए।

Nayapradesh
Nayapradeshhttps://nayapradesh.com
सलाम मिडिया प्रा•लिद्वारा संचालित सम्पर्क नंः 980172862 प्रकाशक/अध्यक्ष : सलामत अलि शेष

सम्बन्धित लेख हरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

spot_img
spot_img