जातीय विभेदविरुद्ध प्रहरीको अभियान

नेपालगञ्ज, असोज २२ गते। समाजमा अझै विद्यमान जातीय विभेद तथा छुवाछुतजस्ता कुरीतिविरुद्ध जनचेतना फैलाउने उद्देश्यले बाँकेको डुडुवा गाउँपालिका–४ मलहपुर्वामा सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत इलाका प्रहरी कार्यालय बनकट्टीका कार्यालय प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक (प्र.स.नि.) प्रेमबहादुर विकको नेतृत्वमा खटिएको प्रहरी टोलीले स्थानीय बुद्धिजीवी, समाजसेवी, महिला तथा सर्वसाधारणको सहभागितामा कार्यक्रम सञ्चालन गरेको हो।
कार्यक्रममा संविधान र प्रचलित कानुनले जातीय विभेद तथा छुवाछुतलाई दण्डनीय अपराधका रूपमा परिभाषित गरेको उल्लेख गर्दै सबै नागरिकलाई समान अधिकार, सम्मान र अवसर सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको थियो। वक्ताहरूले जातीय विभेदले सामाजिक एकता, सद्भाव र विकासमा नकारात्मक असर पार्ने भएकाले यसको अन्त्यका लागि सामूहिक प्रयास आवश्यक रहेको बताएका थिए।
प्रहरी टोलीले सामाजिक सद्भाव, मानव अधिकार, समानता तथा कानुनी सचेतनासम्बन्धी जानकारी दिँदै विभेदरहित समाज निर्माणमा समुदायको सक्रिय भूमिका अपरिहार्य रहेको धारणा व्यक्त गरेको थियो। कार्यक्रममा सहभागी स्थानीयवासीहरूले पनि सामाजिक कुरीति अन्त्यका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरेका थिए।
समुदाय र प्रहरीबीचको सम्बन्धलाई थप सुदृढ बनाउँदै सामाजिक समस्याको समाधानमा सहकार्य बढाउने उद्देश्यले सञ्चालन गरिएको उक्त कार्यक्रमले स्थानीय तहमा सकारात्मक सन्देश प्रवाह गरेको सहभागीहरूले बताएका छन्।

Nayapradesh
Nayapradeshhttps://nayapradesh.com
सलाम मिडिया प्रा•लिद्वारा संचालित सम्पर्क नंः 980172862 प्रकाशक/अध्यक्ष : सलामत अलि शेष

सम्बन्धित लेख हरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

spot_img
spot_img