एमाले छोड्दै राप्रपामा सक्रिय हुने रचना श्रेष्ठको घोषणा

नेपालगञ्ज, असोज २२ गते। नेकपा (एमाले) बाँके जिल्ला कमिटी सदस्य रचना श्रेष्ठले एमालेको साधारण सदस्यसहित पार्टीका सम्पूर्ण जिम्मेवारीबाट अलग हुने घोषणा गरेकी छन्।
श्रेष्ठले सामाजिक सञ्जालमार्फत आफ्नो निर्णय सार्वजनिक गर्दै परिवर्तित राजनीतिक परिवेश, राष्ट्रियता, सनातन धर्म–संस्कृतिको संरक्षण तथा बाँकेको समग्र विकासका विषयमा आफ्नो वैचारिक प्राथमिकतालाई पुनर्विचार गरेको उल्लेख गरेकी छन्। उनले अब राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मार्फत सक्रिय राजनीतिक भूमिका निर्वाह गर्ने बताएकी छन्।
लामो समयदेखि एमालेको संगठन निर्माण र राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएकी श्रेष्ठले पार्टीमा रहँदा आफूलाई साथ, सहयोग, विश्वास तथा मार्गदर्शन प्रदान गर्ने सम्पूर्ण नेता–कार्यकर्ता, शुभेच्छुक र समर्थकहरूप्रति हार्दिक आभार व्यक्त गरेकी छन्।
सामाजिक सञ्जालमा सार्वजनिक गरिएको उनको निर्णयलाई बाँकेको राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ। एमालेमा लामो समय सक्रिय रहेकी नेतृको राप्रपातर्फको यात्राले स्थानीय राजनीतिमा नयाँ बहस र समीकरणको संकेत गरेको राजनीतिक विश्लेषकहरू बताउँछन्।

Nayapradesh
Nayapradeshhttps://nayapradesh.com
सलाम मिडिया प्रा•लिद्वारा संचालित सम्पर्क नंः 980172862 प्रकाशक/अध्यक्ष : सलामत अलि शेष

सम्बन्धित लेख हरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

spot_img
spot_img