नेपालगञ्जका हरेक वडामा बुलडोजर बाबाको जनभेटघाट अभियान

नेपालगञ्ज, असोज २२ गते। राष्ट्रिय जनमत पार्टीका नेता तथा ‘बुलडोजर बाबा’का नामले परिचित व्यक्तित्वद्वारा नेपालगञ्ज उपमहानगरपालिकाका विभिन्न वडाहरूमा जनभेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई तीव्रता दिइएको छ।
पार्टीका अनुसार अभियानअन्तर्गत हरेक वडा तथा टोलमा पुगेर स्थानीय नागरिकसँग प्रत्यक्ष संवाद, सुझाव संकलन तथा क्षेत्रका समस्या र विकासका सम्भावनाबारे छलफल भइरहेको छ। यस अभियानमार्फत नेपालगञ्जवासीका भावना र अपेक्षालाई समेटेर आगामी राजनीतिक तथा विकाससम्बन्धी रणनीति तय गर्ने लक्ष्य राखिएको बताइएको छ।
कार्यक्रममा सहभागी स्थानीयवासीहरूले शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधार विकास तथा जनसरोकारका विविध विषयमा आफ्ना धारणा राखिरहेका छन्। जनमत पार्टीले नागरिकसँगको प्रत्यक्ष संवादलाई प्राथमिकता दिँदै जनचाहनाअनुसार कार्यक्रम र योजना अघि बढाउने जनाएको छ।
कार्यक्रममा सहभागी कार्यकर्ताहरूले “राष्ट्रिय जनमत पार्टी जिन्दावाद” र “बुलडोजर बाबा जिन्दावाद” लगायतका नारासमेत लगाएका थिए।

Nayapradesh
Nayapradeshhttps://nayapradesh.com
सलाम मिडिया प्रा•लिद्वारा संचालित सम्पर्क नंः 980172862 प्रकाशक/अध्यक्ष : सलामत अलि शेष

सम्बन्धित लेख हरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

spot_img
spot_img