नेपालगन्ज २३ असाेज । नेपाली कम्युनिस्ट पार्टी, बाँके जिल्ला कमिटीद्वारा आयोजित ‘संगठन सुदृढीकरण तथा जनसम्पर्क अभियान समीक्षा बैठक’ मा नेपालगन्ज उपमहानगरपालिका–७ का पूर्व वडा अध्यक्ष तथा पार्टी नेता कमरेड जुम्मन खाँ सम्मानित भएका छन्।
पार्टी संगठनको सुदृढीकरण, जनसम्पर्क विस्तार तथा सामाजिक सेवाका क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै खाँलाई सम्मानपत्र प्रदान गरी सम्मान गरिएको हो।
लामो समयदेखि राजनीतिक तथा सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका खाँले पार्टी संगठनलाई मजबुत बनाउन, जनतासँगको सम्बन्ध विस्तार गर्न तथा सामाजिक सेवाका गतिविधिमा योगदान पुर्याउँदै आएको सम्मानका क्रममा उल्लेख गरिएको छ।
उनको राजनीतिक निष्ठा, समर्पण र निरन्तरको सक्रियताले पार्टीका नेता–कार्यकर्ता तथा सामाजिक क्षेत्रमा काम गर्ने व्यक्तिहरूलाई प्रेरणा प्रदान गरेको भन्दै उनको योगदानको प्रशंसा गरिएको छ।
सम्मानपछि कमरेड जुम्मन खाँलाई बधाई तथा शुभकामना व्यक्त गर्दै आगामी राजनीतिक तथा सामाजिक यात्रा सफल रहोस् र समाज सेवामा उनको सक्रियता अझ बढ्दै जाओस् भन्ने कामना गरिएको छ।
पार्टी संगठनमा सक्रिय व्यक्तिहरूको योगदानको कदर गर्दै सम्मान गर्ने यस्ता कार्यक्रमले संगठनभित्र आपसी सद्भाव, एकता र जिम्मेवारीबोध अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।




