नेपालगञ्ज, असोज २३ गते।
जनता समाजवादी पार्टी (जसपा) नेपालकी केन्द्रीय सदस्य तथा सक्रिय मुस्लिम महिला नेतृ तबस्सुम अन्सारीले पार्टी परित्याग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्नुभएको छ।
जसपामा रहेर राजनीतिक गतिविधिमा सक्रिय रहँदै आउनुभएकी अन्सारीको रास्वपा प्रवेशलाई बाँकेको राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।
उहाँको पार्टी प्रवेशसँगै आगामी दिनमा बाँकेको राजनीतिक गतिविधिमा कस्तो प्रभाव पर्छ भन्ने विषयमा चासो बढेको छ।




