४० वर्षको शिक्षण सेवापछि प्रधानाध्यापक बद्रे आलम खाँलाई सम्मानसहित विदाइ

बाँके, असोज २३ गते। बाँकेको डुडुवा गाउँपालिका–४ स्थित श्री माध्यमिक विद्यालय, शाहपुर्वाका प्रधानाध्यापक बद्रे आलम खाँ अनिवार्य अवकाश हुनुभएको अवसरमा शुक्रबार सम्मान तथा विदाइ कार्यक्रम सम्पन्न भएको छ।
खाँले वि.सं. २०४३ साल भदौ १ गतेदेखि २०८३ साल असोज २३ गतेसम्म शिक्षण सेवामा रही ४० वर्ष १ महिना २१ दिन सेवा अवधि पूरा गर्नुभएको हो। लामो समयसम्म शिक्षा क्षेत्रमा समर्पित रहँदै विद्यालयको शैक्षिक विकासमा योगदान पुर्‍याउनुभएका खाँलाई विद्यालय परिवारले सम्मानसहित विदाइ गरेको हो।
सोही अवसरमा विद्यालयका निमित्त प्रधानाध्यापक सफिक खाँलाई बधाई तथा स्वागत गर्दै पद हस्तान्तरणसमेत गरिएको छ।
कार्यक्रममा निवर्तमान प्रधानाध्यापक बद्रे आलम खाँको लामो शिक्षण यात्रा, योगदान र अनुभवको स्मरण गर्दै उहाँको आगामी जीवन सुखमय रहोस् भन्ने कामना गरिएको थियो। साथै, नवनियुक्त जिम्मेवारी सम्हाल्नुभएका सफिक खाँको कार्यकाल सफल रहोस् र विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा थप योगदान पुग्ने अपेक्षा व्यक्त गरिएको थियो।
चार दशकभन्दा लामो शिक्षण सेवापछि अवकाश हुनुभएका खाँको विदाइसँगै विद्यालयमा नेतृत्व हस्तान्तरणको नयाँ अध्याय सुरु भएको छ।

Nayapradesh
Nayapradeshhttps://nayapradesh.com
सलाम मिडिया प्रा•लिद्वारा संचालित सम्पर्क नंः 980172862 प्रकाशक/अध्यक्ष : सलामत अलि शेष

सम्बन्धित लेख हरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

spot_img
spot_img