नेपालगञ्ज, असोज २३ गते। नेपालगञ्ज उपमहानगरपालिका–१८, बाँकेस्थित श्री देउतादिन माध्यमिक विद्यालय, लग्दहवाले दसैँ, तिहार तथा छठ पर्वको अवसरमा विद्यालय बन्द रहने जानकारी दिएको छ।
विद्यालयले मिति २०८३ असोज २३ गते जारी गरेको सूचनाअनुसार असोज २५ गतेदेखि कात्तिक २९ गतेसम्म विद्यालय बन्द रहनेछ।
विद्यालयका प्रधानाध्यापक सतीस कुमार हरिजनद्वारा जारी सूचनामा पर्व बिदा समाप्त भएपछि कात्तिक ३० गतेदेखि विद्यालयको नियमित पठनपाठन सञ्चालन हुने उल्लेख छ। साथै, सबै विद्यार्थीलाई विद्यालय खुलेको दिन निर्धारित पोशाकमा समयमै उपस्थित हुन अनुरोध गरिएको छ।
विद्यालयले चाडपर्वको अवसरमा सम्पूर्ण अभिभावक तथा विद्यार्थीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको कामनासमेत गरेको छ।




